सुरक्षा पन्तले साइन गरिन् ‘कार्साङ’

१६ साउन २०८० ५:५५

नायिका सुरक्षा पन्तले नयाँ चलचित्र ‘कार्साङ’ साइन गरेकी छिन् । निर्माणपक्ष र सुरक्षाबिच कागजी संझौता भएसँगै आफ्नो अभिनयले चर्चित यी नायिका चलचित्रमा जोडिएकी हुन् । यो चलचित्रलाई यम शेर्पाले निर्देशन गर्दैछन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक दयाहाङ राई र नव–नायिका छिरिङ शेर्पा फाइनल भइसकेका छन् ।

चलचित्रमा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ । शेर्पा जातिको सामाजिक कथामा निर्माण हुन लागेको चलचित्रमा सुरक्षा फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुन लागेको निर्देशकले जानकारी दिए । चलचित्रमा शेर्पाकै कथा, पटकथा तथा संवाद छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई तिहार लगतै छायांकनमा लैजाने तयारी गरिएको छ । यो चलचित्रको छायांकन बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा गरिनेछ । चलचित्रको ओभरसिज राइट्स विक्री भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *