‘मिस स्कार्लेट’को टिजर रिलिज

१६ साउन २०८० ५:४२

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको वेव सिरिज ‘मिस स्कार्लेट’को टिजर सार्वजनिक भएको छ । यो सिरिज ४ भागको हुनेछ । मनोवैज्ञानिक थ्रिलर कथामा तयार पारिएको यो सिरिजको प्रत्येक भाग ४५ मिनेटको हुने बताइएको छ । यो सिरिजलाई एकेडेमीले नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरेको छ ।

बलिराम चौहानको लेखन तथा निर्देशनमा तयार भएको सिरिजमा गीत बिष्ट, कुल श्रेष्ठ, कमला ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय हेर्न सकिन्छ ।

प्रकाश पुरी क्रियटिभ निर्माता रहेको यो सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । कान्तिपुर सिनेमाजको ओटीटी प्लेटफर्मबाट भदौमा यो सिरिज सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *