ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘उपहार’मा नायिका बेनिशा हमाल फाइनल भएकी छिन् ।
योसँगै चलचित्रका मुख्य ३ नायिकाको लाइनअप पुरा भएको छ । यो चलचित्रले तिन महिला पात्रको कथा भन्छ । यसैले, लामो समयदेखि चलचित्रका लागि निर्माणपक्षले तेश्री नायिका खोजिरहेको थियो । विभिन्न नायिकाहरुसँग कुरा भएपनि अन्ततः बेनिशा चलचित्रका लागि फाइनल भएकी हुन् ।
यो चलचित्रमा नायकको रुपमा मुकुन भुषाल र समर्पण कार्की फाइनल भैसकेका छन् । समर्पणले नायिका पूजा शर्मासँग चलचित्रमा जोडी बाध्नेछन् भने मुकुनले रेखा थापासँग रोमान्स गर्नेछन् । अब, बेनिशाका लागि एक पुरुष कलाकार फाइनल गरेसँगै चलचित्रको लाइनअप पुरा हुनेछ ।
सामाजिक कथावस्तुलाई महिलाको कोणबाट बनाउन निर्देशक देउजाले मिहिनेत गरिरहेका छन् । चलचित्रमा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत रहने पक्का भैसकेको छ ।