‘वानर सेना’को ‘तिम्रो मनमा’ गीत सार्वजनिक

१६ साउन २०८० ५:२९

चलचित्र ‘वानर सेना’मा समावेश पहिलो गीत ‘तिम्रो मनमा’ सार्वजनिक गरिएको छ । अर्पण गिरी(अरमान जंग)को डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रमा मुख्य कलाकारको रुपमा पनि अरमान र आरजु प्रसाँइले काम गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा यी दुई कलाकार रोमान्टिक देखिएका छन् । जोन तामाङको संगीत रहेको यो गीतमा निर्देशक गिरीकै शब्द तथा स्वर छ । गिरी ग्राण्ड फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा अरमान जंग, आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा कामेश्वर चौरासिया र तेजस्वी बाँस्कोटाले विशेष भूमिकामा अभिनय गरेका छन् । यो चलचित्रलाई असोजको २६ गतेबाट प्रदर्शन गर्ने तयारी निर्माणपक्षको छ । यो चलचित्रमा नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको एक्सन, सत्यम राण र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, बन्दे प्रसादको सम्पादन छ । सर्लाही र सप्तकोशीको किनारामा यो चलचित्रको छायांकन गरिएको हो ।

युवराज गिरीको निर्माणमा तयार भएको चलचित्रले बक्स अफिसमा दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *