‘एक भगवत् गीता’को छायांकनमा व्यस्त धिरज र सुहाना

१४ साउन २०८० ९:०८

भदौको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘एक भगवत् गीता’को अन्तिम चरणको छायांकन भैरहेको छ । चलचित्रको एक गीत खिचेपछि सम्पूर्ण छायांकन पुरा हुने निर्माता सुनिलकुमार थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार, मिडियामा उपलब्ध गराइएको नायक धिरज मगर र नायिका सुहाना थापाको तस्वीर भने दृश्यको हो । भोलीबाट चलचित्रको अन्तिम गीतको छायांकन गरिनेछ ।

खुमाइडाँडाको रोमाञ्चक दृश्य कैद गर्दै निर्देशक झरना थापाले चलचित्रलाई अझै सुन्दर बनाइरहेकी छिन् । चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा मुख्य भूमिकामा छन् ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रको टिजरलाई दर्शकले निकै रुचाएका छन् । यसैले, आगामी प्रचारका सामाग्रीहरु समेत बलियो सार्वजनिक गर्नुपर्ने दबाबमा यसको निर्माणपक्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *