नायक सारुक ताम्राकारको निधन भएको ३ सातापछि उनको सुसाइड नोट भेटिएको छ । सारुकले मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेका हुन् । उनले, आफ्नो सुसाइड नोटमा कसैलाई पनि दुःख नदिन प्रहरीसँग आग्रह गरेका छन् ।’
उनले लेखेका छन्–‘पुलिसहरु डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यही इन्ड हुनु थियो । सो सकियो । मेक मी रेस्ट इन पीस । धन्यवाद ।’
सारुकले आफ्नो सुसाइड नोटमा आफ्ना साथीहरुलाई पनि संझिएका छन् । साथै, उनले अर्को जुनीमा पनि आफ्नी आमाकै कोखबाट जन्म लिने चाहना व्यक्त गरेका छन् ।
सारुकको निधनको बिषयमा विभिन्न खालका अड्कलबाजीहरु सार्वजनिक भैरहेको समयमा उनको सुसाइड नोटले यो घटनालाई नयाँ मोड दिएको छ । प्रहरीले अब यही सुसाइड नोटलाई आधार मानेर प्रतिवेदन वुझाउने तयारी गरेको छ ।
असारको २१ गते चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सकेर फर्किएका सारुकले आफ्नै घरको भर्याङमा आत्महत्या गरेका थिए ।