‘रक्की और रानी कि प्रेम कहानी’ बक्स अफिसमा किन कमजोर ?

१३ साउन २०८० ११:०४

बहुप्रतिक्षित बलिउड चलचित्र ‘रक्की और रानी कि प्रेम कहानी’ शुक्रबारदेखि बक्स अफिसमा रिलिज भएको छ । करण जोहर जस्ता सफल निर्देशकको निर्देशनमा बनेका कारण पनि यो चलचित्रलाई लिएर दर्शकमा उत्साह थियो । तर, शुक्रबारको व्यापारले भने धेरैलाई अचम्मित बनाइदिएको छ ।

यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा ११.१० करोडको व्यापार गरेको छ । यो अपेक्षित व्यापार भन्दा धेरै कम हो । यो चलचित्रको हाइप, गीतसंगीत, मेकर र कलाकारको स्टार क्रेज अनुसार बक्स अफिसमा २० करोड माथिको व्यापार हुनुपर्ने हो । तर, यो बर्ष बलिउडका चलचित्रले गतिलो व्यापार नगरिरहेको समयमा रणवीर सिंह र आलिया भट्ट जस्ता कलाकारहरुले अभिनय गरेको चलचित्रले पनि सुरुवाती छनक गतिलो दिएको छैन ।

तर, यो चलचित्रलाई समीक्षकहरुले भने उत्कृष्ट भनेका छन् । करण जोहरकै करिअरकै उत्कृष्ट चलचित्र भन्दै यसले प्रशंसा समेत पाएको छ । यसैले, यो चलचित्रको व्यापार आगामी दिनमा बढ्ने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *