अनमोलले साइन गरे सुदर्शनको ‘रावायण’

१३ साउन २०८० १०:५८

नायक अनमोल केसीले निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘रावायण’ साइन गरेका छन् । सुदर्शन र अनमोलबिच चलचित्रमा काम गर्ने संझौता भएको हो ।

सुरुवातमा यो चलचित्रलाई निर्मात्री पूजा शर्माले निर्माण गर्ने पक्का भएको थियो । पूजाकै ब्यानरमा रहेर सुदर्शनले चलचित्र निर्देशन गर्ने तयारी गरेका थिए । तर, अब यो चलचित्रलाई सुदर्शनकै ब्यानरमा निर्माण गरिनेछ ।

नायक अनमोल केसीले पनि सुदर्शन थापासँग चलचित्रका लागि सहकार्य हुन लागेको बताएका छन् । हाम्रो सिनेमासँग कुरा गर्दै अनमोलले आफ्नो पाइपलाइनमा अब ‘फर्कि फर्कि र रावायण’ रहेको बताए ।

यो चलचित्रमा अनमोल केसी दोहोरो भूमिकामा देखिदैछन् । चलचित्रमा अनमोलको नायक र खलनायकको भूमिका हुने वुझिएको छ । चलचित्रका लागि नायिका जसिता गुरुङलाई अफर गरिएको थियो । तर, जसिताले चलचित्र ‘फर्कि फर्कि’का लागि समय दिइसकेकाले यो चलचित्रमा काम गर्न नभ्याएको बताएकी छिन् ।

जसिता हाल लण्डनमा छिन् । उनी, सेप्टेम्बर १ तारिखमा मात्र नेपाल फर्किनेछिन् । यो चलचित्रलाई भदौबाट छायांकनमा लैजाने तयारी सुदर्शनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *