बेनिशा हमालले साइन गरिन् ‘कोतपर्व’

१२ साउन २०८० ९:४२

नायिका बेनिशा हमालले चैत्र महिनाबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘कोतपर्व’ साइन गरेकी छिन् । उनी र निर्माणपक्षबिच बिहिबार कागजी संझौता भएको हो ।

नेपालको ऐतिहासिक घटनामा निर्माण हुन लागेको यो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि रिमेशले ३ बर्षदेखि कथामा काम गरिरहेको बताएका छन् ।

बेनिशा हमालले चलचित्र ‘हात्तीछाप’मा पनि काम गरिरहेकी छिन् । चलचित्र ‘कोतपर्व’मा यस अगाडि नायक सौगात मल्ल र रमेश उप्रेति फाइनल भैसकेका छन् । यसपटक रिमेशले चलचित्रका लागि टिम पनि बलियो लिइरहेका छन् । जसकाकारण, कलाकारको बलियो लाइनअपले चलचित्रलाई फाइदा पुग्ने पक्का छ ।

निर्माणपक्षले बेनिशाले कुन भूमिका निर्वाहा गर्न लागेकी हुन्, त्यो खुलाएको छैन । वि.सं १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्याकाण्ड घटेको थियो । यसपछि नै नेपालमा राणा शासनको उदय भएको थियो ।

रिमेश अधिकारी फिल्म प्रोडक्शन र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा छोटेलाल रौनियार र शारदा खड्का अर्यालले यो चलचित्र निर्माण गर्न लागेका हुन् । यो चलचित्रको छायांकन काठमाडौं र चितवनमा हुनेछ । चलचित्रमा महेश दवाडीको पटकथा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *