‘जय हो’को ‘राज्जा रानी’ गीतमा रोमान्टिक बने केकी र सलोन

१२ साउन २०८० ९:३४

भदौको ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय हो’मा समावेश ‘राजा रानी’ बोलको गीत आज सार्वजनिक गरिएको छ । आज बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नायिका केकी अधिकारी र नायक सलोन बस्नेतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतमा सागर आले मगर र सदिक्षा कट्टेलको स्वर, सागरको शब्द तथा संगीत छ ।

यो गीत सार्वजनिक गरेर नायक सलोन बस्नेत अष्ट्रेलिया उड्दैछन् । आज बेलुका अष्ट्रेलिया उड्ने तयारीमा रहेका सलोनले मिडियासँग कुराकानी समेत गरे । उनले, आफूले नायिका केकी अधिकारीबाट धेरै कुरा सिक्न पाएको समेत बताएका थिए । टेक पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रमा केकी र सलोनका साथमा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको मुख्य भूमिका छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्ममा सम्राट बस्नेतको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन, समीर मियाको भिएफएक्स छ । यो चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई मुस्ताङ र पोखरामा खिचिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *