रानी र नारायणको स्वरमा ‘आकुर माकुर’, छमछमी नाचे विना र कमल

५ साउन २०८० ११:०१

अमेरिकामा रहेर नेपाली गीतसंगीतमा निरन्तर सक्रिय गायिका रानी शाक्यले तीजको अवसरमा नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले गायक नारायण बाबुसँग मिलेर नयाँ गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक ‘आकुर माकुर’ बोलको गीतमा नारायण बाबुकै शब्द तथा संगीत छ ।

यो गीतलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा कमल सिंह र विना राउतले अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विशेष पौडेलको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

तीजको गीत सार्वजनिक गर्ने क्रम बढेको समयमा रानीले पनि दर्शकहरुलाई तीजको अवसरमा नचाउन यो गीत सार्वजनिक गरेकी हुन् । रानीले हरेक बर्ष तीजको अवसरमा नयाँ नयाँ गीत सार्वजनिक गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *