‘जुलेबी’को पोष्टरमा बल्ल देखिए कलाकार

५ साउन २०८० १०:२५

चार महिला पात्रको प्रेमको कथालाई पर्दामा उतारिएको फिल्म ‘जुलेबी’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका कलाकारहरुलाई स्थान दिइएको छ । यसअघि सार्वजनिक एक पोष्टरमा दुई पात्रको खुट्टा पात्र देखाइएको थियो । भदौ १ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई आभा शर्माले निर्माण गरेकी हुन् । यो चलचित्रले नारी पात्रहरुको कथा भन्छ ।

चलचित्रको शिर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापाले अभिनय गरेका छन् । चलचित्रका सुशिल सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको पनि अभिनय छ । एन्थोलोजी जनरामा निर्माण भएको यो चलचित्रले ३ वटा घटनालाई प्रस्तुत गर्ने कार्यकारी निर्माता नविन भट्टले जानकारी दिएका छन् ।

फोर क्यूब इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *