मनिषा कोइराला भन्छिन्–‘आमा बन्ने आत्मविश्वास अझै छैन’

३० असार २०८० १०:५०

नायिका मनिषा कोइरालाले आफूमा आमा बन्ने आत्मविश्वास अझै नभएको बताएकी छिन् । एक भारतीय मिडियासँग कुराकानी गर्दै मनिषाले आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण आमा बन्ने आत्मविश्वास नआएको बताएकी हुन् । उनले भनेकी छिन्–‘मलाई माया गर्ने मेरो आमा–बुबा हुनुहुन्छ । मेरो निकै मिल्ने साथीहरु छन् । तर, पनि मलाई कहिलेकाही एक मन मिल्ने जीवनसाथी भएको भए जीवन नै अर्कै हुन्थ्यो कि जस्तो लाग्छ ।’

सन् २०१० मा मनिषाले व्यापारी सम्राट दाहालसँग बिहे गरेकी छिन् । तर, बिहे गरेको २ बर्षमा नै उनीहरु अलग भएका थिए । यसपछि, मनिषा कोइरालालाई क्यान्सर रोग लागेको थियो । केही बर्ष मनिषाले क्यान्सरको उपचारमा नै समय खर्चनुपरेको थियो ।

इटाइम्ससँग कुराकानी गर्दै मनिषाले भनेकी छिन्–‘अब फेरि बिहे गरेर घरबार गर्ने समय सकिएको छ । कहिलेकाही मलाई जीवनसाथी भएको भए हुन्थ्यो जस्तो लाग्छ । तर, साँचो बोल्ने हो भने मलाई यो बिषयमा केही पनि थाहा छैन ।’

मनिषाले आफूलाई सिंगल मदरको रुपमा बच्चा हुर्काउन मन लागेको बताएकी छिन् । तर, अझै पनि यो बिषयमा आत्मविश्वास नआएको उनको तर्क छ । मनिषाले भनिन्–‘मलाई थाहा छ कि दुनियाँमा एक बच्चाको हेरचाहा गर्नका लागि कति धेरै जिम्मेवारी हुन्छ । जुन दिन मलार्य सिंगल आमा बनेर यो गर्न सक्छु भन्ने आत्मविश्वास आउँछ, म उक्त दिन अवश्य पनि यो काम गर्नेछु ।’ मनिषाले अझै पनि आफू आफ्नो स्वास्थ्यको बिषयमा ध्यान दिइरहेको बताइन् ।

मनिषाले हालै मात्र संजयलीला भन्सालीको ‘हिरामण्डी’ वेव सिरिजमा काम गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर