मिडिया देख्दा बन्दुक सोझ्याएको जस्तो लाग्छः दीपाश्री निरौला

३० असार २०८० १०:३९

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूलाई मिडिया देख्दा बन्दुक सोझ्याएको जस्तो लाग्ने बताएकी छिन् । चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दीपाले आफू पहिले पहिले मिडियासँग निकै नजिक रहेको तर अहिले मिडिया देख्दा बन्दुक सोझ्याएको जस्तो लाग्ने बताइन् ।

उनले अगाडि भनिन्–‘कुनै समय पत्रिकामा अन्तरवार्ता आउँदा मैले सबैलाई देखाउँदै हिडेको थिएँ । तर, अहिले अन्तरवार्ता आयो भने कसैले नहेरिदिए हुन्थ्यो जस्तो लाग्छ । कसैले नपढुन् जस्तो लाग्छ ।’

दीपाश्रीले अहिले सामाजिक संजालहरु विभिन्न प्रकारले आएको भन्दै मानिसबाट गल्ती भएपनि त्यसलाई बढाईचढाई गरेर मर्न वाध्य बनाउने गरेको बताइन् ।

नायिका केकी अधिकारीले भने मिडियाले विश्वसनियतामा ध्यान दिनुपर्ने तर्क गरिन् । उनले, फिल्म क्षेत्रका लागि मिडियाको प्रभाव निकै ठुलो रहेको भन्दै मिडियाले पाठकमाझ विश्वसनियताको छाप भने छाड्नु पर्ने तर्क गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *