‘एक भगवत् गीता’को टिजरमा सुहाना र धिरज, विपिनको ‘कमलामाई’ अवतार

२९ असार २०८० ३:३६

भदौको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘भगवत् गीता’को नाम परिवर्तन गर्दै टिजर सार्वजनिक गरिएको छ । चलचित्रको नाम अब ‘एक भगवत् गीता’ राखिएको छ । झरना थापाको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रको टिजरमा नायक विपिन कार्कीको भूमिका बेजोड छ । विपिनलाई चलचित्रमा ‘कमलामाई’को गेटअपमा देखाइएको छ । यसले, दर्शकहरुमा चलचित्रप्रति उत्सुकता बढ्ने निश्चित छ ।

सुनिल कुमार थापाको निर्माणमा सुहाना इन्टरटेन्मेन्टले तयार पारेको चलचित्रमा सुहाना थापाको कन्सेप्ट छ । चलचित्रको सार्वजनिक टिजरमा नायक धिरज मगरलाई कम स्थान दिइएको छ । वुझिएअनुसार, धिरजको रोमान्टिक अवतारलाई सेकेन्ड टिजरमा स्थान दिइनेछ ।

चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, कविर खड्का, जेविए एण्ड जेभिन श्रेष्ठ, संजोग रसाइली लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा झरना थापा, सरिना पोखरेल, परिच्छेद सेन, पुरुषोत्त ढुंगेलको पटकथा, परिच्छेद सेन र पुरुषोत्तम ढुंगोलको संवाद छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा हिमाल केसीको एक्सन छ । तीजको अवसर पारेर रिलिज हुन लागेको चलचित्रको टिजर सार्वजनिक भएसँगै यसको हाइप बढ्ने निश्चित छ । यसले, चलचित्रको इनिसियल व्यापारमा ठूलो प्रभाव पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *