लक्ष्मणको ‘काजी’मा वर्षादेखि सुमन कार्कीसम्म

२८ असार २०८० १७:११

निर्देशक लक्ष्मण रिजालले ६ बर्ष लामो विश्रामपछि नयाँ चलचित्र ‘काजी’ निर्देशनको घोषणा गरेका छन् । उनले, सन् २०११ देखि २०१४ सम्मको सेटअपमा यो चलचित्र निर्देशन गर्न लागेका हुन् । बेलायतका विभिन्न स्थानमा खिचिने यो चलचित्रलाई अन्तरराष्ट्रिय बजारमा लक्षित गरि निर्माण गरिने निर्माणपक्षले बताएको छ ।

‘वान डे’,‘कसम’,‘धुवाँ यो नशा’,‘अलबिदा’ र ‘कायरा’ पछि उनले नयाँ चलचित्र निर्देशन गर्न ६ बर्ष लगाए । निर्देशक रिजालले यसपटक विशेष धमाका हुने बताएका छन् । हाल चलचित्रको कथामा धमाधम काम भैरहेको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको ‘काजी’को छायांकन भदौबाट सुरु गर्ने उनको योजना छ ।

यो चलचित्रमा वर्षा सिवाकोटी, वुद्दि तामाङ, बिजय बराल, कैलास कार्की, सुमन कार्की अनुवन्धित भैसकेका छन् । तर, चलचित्रको शिर्ष भूमिकाका लागि कलाकार फाइनल भैसकेका छैनन् । चाडै नै शिर्ष कलाकार सार्वजनिक गर्ने उनको भनाई छ ।

यो चलचित्रको प्रदर्शन मिति वि.सं २०८१ सालको वैशाख १ गतेलाई तोकिएको छ । चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्दैछन् । रामप्रसाद रिजालको प्रस्तुति रहने यो चलचित्रमा सविन अधिकारी र असिम काफ्लेको स्क्रिप्त छ । चलचित्रको कथा भने वीपी खनालको हो ।

रिजाल एण्ड रिजाल कम्पनीले निर्माण गरेको चलचित्र ‘गणपति’ भने भदौको १४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारमा रहेका निर्देशक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजालले ‘काजी’को सम्पूर्ण छायांकन बेलायतमा गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर