आकाश र रेखाको प्रेम कथामा ‘हिँड्दा हिँड्दै’को टिजर

२८ असार २०८० १६:५२

भदौ १ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हिँड्दा हिँड्दै’को टिजर आज सार्वजनिक गरिएको छ । भदौमा रिलिज हुन लागेका चलचित्रहरुको धमाधम प्रचार आरम्भ भैरहेको समयमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगरले निर्देशन गरेको चलचित्रको पनि प्रचार आरम्भ गरिएको हो ।

यो चलचित्रको टिजरमा नायक आकाश श्रेष्ठ र नव कलाकार रेखा शाहबिचको प्रेमकथा हेर्न सकिन्छ । चलचित्रमा नायक सलोन बस्नेत र कलाकार सानिया खानको पनि अभिनय छ ।

सुशिल पंगेनीको लेखन र निर्माणमा तयार भएको यो चलचित्रमा आकाश श्रेष्ठ, रेखा शाह, सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, भोला सापकोटा, विशाल श्रेष्ठ, बिकास थापा मगर र बाल कलाकार अर्विन थिङ्गको अभिनय हेर्न सकिन्छ ।

बिमल श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा सुमन तण्डुकारको छायांकन, तारा प्रकाश र किरण माइकलको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको एक्सन निर्देशन छ ।

राज लामा निर्माता रहेको यो चलचित्रमा प्रमोदकुमार तामाङ र महादेव शाह सह–निर्माताको रुपमा छन् । चलचित्रमा गौतमराज खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर