भदौको २९ गतेबाट रिलिज हुन लागेको यो बर्षकै प्रतिक्षित चलचित्र ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुक हेर्दा यो चलचित्र राजनीतिक पृष्ठभूमिमा बनेको वुझ्न सकिन्छ ।
हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।
चलचित्रको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।
यस्तै, चलचित्रमा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ ।
बनिष शाहको सम्पादन रहेको चलचित्रमा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रको पोष्टरले दर्शकमा उत्सुकता बढाउने निश्चित छ । नेपालमा अर्गानिक कथामा बनेका चलचित्रहरु चलिरहेको समयमा ‘नाङ्गो गाउँ’ले बोल्ने कथामा दर्शकको मन बस्न सक्ने विश्वास निर्माणपक्षको छ ।