साउनको १९ गतेबाट नयाँ चलचित्र रिलिज हुँदैछ, अदृश्य । यो चलचित्रको फस्टलुक सार्वजनिक भएपछि चलचित्रमा केही फरक बिषयवस्तु छ कि भन्ने अपेक्षा गरिएको छ । यसैबिच, यो चलचित्रको निर्माणपक्षले पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरेको छ ।
यो गीतको भिडियोमा कलाकार प्रमोद अग्रहरि र रिस्ता बस्नेतले रोमान्टिक अवतारमा नृत्य गरेका छन् । बिशाल पौडेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा विशाल र सिमा संग्रौलाको स्वर छ ।
प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् । पिताम्बर फिल्मस्को प्रस्तुतिमा तयार भएको ‘अदृश्य’मा प्रमोद अग्रहरि, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी लगायतका कलाकारको अभिनय छ ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाँइ र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, बनिश शाहको सम्पादन यो चलचित्रमा छ । देशभरका हलमा यो चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।