छायांकन भैरहेको चलचित्र ‘दान्भी’को एक गीतको तस्वीर सार्वजनिक भएको छ । ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको भिडियोको छायांकन सकिएसँगै निर्माणपक्षले तस्वीर सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको तस्वीरमा नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजम रोमान्टिक देखिएका छन् । पूजा यो गीतमा निकै खुलेकी छिन् । हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।
अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई चाडै नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो चलचित्रमा रविना थापा मगरको कथा छ ।
यो चलचित्रलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गरिएको छ । निर्देशक तामाङका अनुसार, चलचित्रमा नायिका शर्माले एक्सनमा आफूलाई नयाँ रुपमा उत्रार्दैछिन् । चलचित्रको काठमाडौंको छायांकन सकिएपछि यसको यूनिट दार्जिलिङ जानेछ ।