राज र शिल्पाको ‘माया केही त बोलन’

२६ असार २०८० ९:३२

गायक तथा संगीतकार बाबुल गिरीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘माया केही त बोलन’ बोलको गीतमा बाबुलको स्वर तथा संगीत, धु्रव कटुवालको शब्द छ । गीतका शब्दहरु निकै नै कर्णप्रिय छन् । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा माइकलले मोडल राज कटुवाल र नायिका शिल्पा पोखरेललाई फिचरिङ गरेका छन् ।

असारको महिनामा धानको बिउ रोप्ने समयमा माइकलले सोही परिवेशलाई भिडियोमा उतारेका छन् । भिडियोलाई ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतिको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

माइकल स्टेप अप डान्स एन्ड एकेडेमीको कोरियोग्राफीमा तयार भएको भिडियोले ‘मेसो मिलाएर’ जस्तै चर्चा पाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *