आफ्ना विरुद्ध भ्रम फैलाएपछि आँचलले दिइन् साइबर ब्यूरोमा उजुरी

२३ असार २०८० १६:४८

नायिका आँचल शर्माले आफ्नो बारेमा भ्रमपूर्ण कुरा फैलाएपछि दुई फेसबुक पेज विरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । आफूले बोल्दै नबोलेको कुरालाई अनर्थ लाग्ने गरि पेजमा प्रकाशन गरेको भन्दै दुई फेसबुक पेजका विरुद्ध कारवाहीको माग गर्दै आँचलले उजुरी दिएकी हुन् ।

फेसबुकमा रहेका २ पेजले आँचल शर्माले दयाहाङ राइको बारेमा बोलेको भन्दै बोल्दै नबोलेको कुरा लेखेर भ्रम फैलाएका थिए ।

आँचलले उजुरीमा लेखेकी छिन्–‘मेरो अनुमति विना फोटो सहित मेरो चरित्रमा आँच आउने समाचार लेखी पोष्ट गर्ने व्यक्ति एकिन पहिचान गरि कानुन बमोजिम हँदै सम्मको कारबाही गरि पाउँ  ।’

‘आरओआरआर र एनइबी रिजल्ट एन्ड अपडेट’ पेजले आँचलले नायक दयाहाङ राइलाई मन पराउने व्यक्ति अशिक्षित र मुर्ख भएको भन्दै अन्तरवार्ता दिएको भन्दै प्रकाशन गरेका थिए । यसपछि, यो बिषयमा नायक दयाहाङ राइले समेत स्पष्ट पारेका थिए । उनले, यस्तो भ्रमपूर्ण कुरा लेखेर कुनै पनि कलाकारलाई बदनाम नगर्न आग्रह गरेका थिए ।

अहिले यी दुबै पेज फेसबुकबाट हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *