‘ऐंचो पैंचो’ टिजरः स्वस्तिमा, वर्षा र मुकुनको राजनीतिक अवतार

२२ असार २०८० १४:१७

केपी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘ऐंचो पैंचो’को टिजर आज सार्वजनिक भएको छ । भदौको १४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको टिजरले राजनीतिको वरिपरी चलचित्र घुमेको बताउँछ । संवाद नभएपनि चलचित्रको टिजरले धेरै कुरा बोल्न खोजेको छ ।

विशेषगरि, चलचित्रको ब्याकग्राउन्ड म्युजिक गज्जब छ । टिजरलाई ब्याकग्राउन्डले जुरुक्कै उठाइदिएको छ । चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिश क्षेत्री, राजाराम पौडेल, बुद्दि तामाङ, सरिता गिरी, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

शक्तिशाली कलाकारको साथमा शक्तिशाली व्याकग्राउन्ड म्युजिकले टिजरलाई बलियो बनाउँदा चलचित्र पनि प्रतिक्षित बन्ने निश्चित छ । पुरुषोत्तम प्रधानको छायांकनमा तयार भएको चलचित्रमा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

चलचित्रलाई कृषा चौलागाँइले निर्देशन गरेकी हुन् । प्रितम लामिछाने र आध्या लामिछानेको लगानीमा तयार भएको चलचित्रका सह–निर्माता विशाल चौलागाँई हुन् । चलचित्रभमा कविराज गहतराजको कोरियोग्राफी, अभिमन्यू निरवीको कथा छ ।

चलचित्रको टिजर हेर्दै गर्दा कृषाले डेब्यू निर्देशनबाटै बलियो संभावना देखाएकी छिन् । चलचत्रि निर्माणमा खासै सफलता हात पार्न नसकेपछि निर्देशनमा लागेकी कृषाको पहिलो प्रयास सफल भएको खण्डमा नेपाली चलचित्र क्षेत्रले एक सशक्त महिला निर्देशक पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *