नायक सारुक ताम्राकारले ३१ बर्षको उमेरमा गरे आत्महत्या

२२ असार २०८० ०:२३

नेपाली चलचित्र क्षेत्रमा आशालाग्दो नायकको रुपमा उदाउँदै गरेका सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले, बिहिबार राती रातो पुलमा रहेको आफ्नै निवासमा आत्महत्या गरेको चलचित्रकर्मी अरुण रेग्मीले पुष्टी गरेका छन् ।
अरुणका अनुसार, सारुकले बिहिबार बेलुकी ४ बजेसम्म चलचित्र ‘ह्यासट्याग माया’को छायांकन गरेका थिए ।

यो चलचित्रको छायांकन सकेर उनी घर पुगेका थिए । उनका पिता सानु ताम्राकार पनि सफल कलाकार हुन् । बाबु र आमा एउटा पार्टीमा पुगेका थिए । सारुकले आफू पनि उक्त पार्टीमा आउने जानकारी बाबु–आमालाई गराएका थिए ।

तर, बेलुकी ९ बजेतिर उनले आत्महत्या गरेको हुनसक्ने अरुणले पुष्टी गरे । चलचित्र ‘ह्यासट्याग माया’का प्रोडक्शन डिजाइनर समेत रहेका अरुणका अनुसार सारुकले आफ्नै घरको सिढीमा पासो लगाएर आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

सारुकले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा, रानी, मेरी मामु’ लगायतमा काम गरिसकेका थिए । उनलाई नेपाली चलचित्र क्षेत्रको आशालाग्दो नायकको रुपमा हेरिएको पनि थियो ।

तर, ३१ बर्षको उमेरमै उनले लिएको यो अप्रिय निर्णयले सिंगो चलचित्र क्षेत्रलाई नै स्तब्ध बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *