आकाशले स्विकार गरे प्रेम सम्बन्ध

२१ असार २०८० १५:३३

नेपालमा हुँदा आफ्नो प्रेम सम्बन्धको बिषयमा खासै नबोल्ने नायक आकाश श्रेष्ठ कंगारुको देश अष्ट्रेलिया पुगेर भने खुलेका छन् । एक नेपाली शैक्षिक परामर्शदाता संस्थाले आयोजना गरेको कार्यक्रममा उनी विद्यार्थीहरुसँग खुलेका थिए । सो क्रममा उनलाई केही युवतीहरुले प्रेममा हुनुहुन्छ या हुनुहुन्न भनेर समेत सोधेका थिए ।

कुराकानीका क्रममा आकाशले अब आफू सिंगल नरहेको समेत स्पष्ट पारेका छन् । उनले भने–‘म अब सिंगल छैन । म मेरो माया गर्ने मान्छेसँग प्रतिबद्ध छु । म सिंगल छैन ।’

आकाशले यसअघि प्रेमको बारेमा कहिले पनि खुलेर बोलेका थिएनन् । तर, यसपटक भने उनी अष्ट्रेलिया पुगेर आफ्नो माया गर्ने मान्छेसँग आफू प्रतिबद्ध रहेको भनेर बोलेका छन् । आकाशले प्रेमिकाको नाम भने खुलाएनन् ।

आकाशको विगत केही महिनादेखि मोडल तथा नायिका करुणा श्रेष्ठसँग प्रेम सम्बन्धको चर्चा छ । अब, आकाशले सार्वजनिक रुपमै करुणासँगको प्रेम सम्बन्धलाई खुलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर