के ‘कोतपर्व’मा जंगबहादुर बन्दैछन् सौगात ?

२१ असार २०८० १३:४८

नायक सौगात मल्लले चलचित्र ‘अगस्त्य’को छायांकनबाट ब्रेक लिएको समयमा अर्को नयाँ चलचित्र साइन गरेका छन् । सौगात मल्लले रिमेश अधिकारीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कोतपर्व’ साइन गरेका हुन् ।

यो चलचित्रको छायांकन चैत्र महिनाबाट सुरु हुँदैछ । यसअघि ‘नालापानी’ चलचित्र निर्देशन गरेका रिमेशले अब ‘कोतपर्व’ बनाउन लागेका हुन् । उनी, नेपालका ऐतिहासिक कथामा चलचित्र बनाउन अग्रसर देखिन्छन् ।

सौगातले कुन भूमिकाका लागि चलचित्र साइन गरेका हुन् खुलेको छैन । तर, ‘कोतपर्व’ विशेषगरि जंगबहादुर राणाको उदयका लागि महत्वपूर्ण घटना मानिन्छ । यसैले, सौगातले चलचित्रमा जंगबहादुरको भूमिका निर्वाह गर्न लागेका हुन् कि भन्ने अड्कल लगाउन सकिन्छ ।

चलचित्र ‘कोतपर्व’का लागि नायिका नम्रता श्रेष्ठलाई पनि अफर गरिएको छ । तर, नम्रताले चलचित्रका लागि फाइनल निर्णय दिइसकेकी छैनन् । निर्देशक अधिकारीले आफूले ३ बर्ष लगाएर यो चलचित्रको कथा तयार पारेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *