‘प्रभात र गरिमाको ‘हल्का हल्का माया बसेपछि’ के भयो ?

२१ असार २०८० १३:४१

‘हल्का हल्का माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो निर्माण गरेसँगै मोडल गरिमा शर्मा अब निर्माता पनि बनेकी छिन् । कला क्षेत्रमा प्रवेश गरेको ३ बर्षमै गरिमाले म्युजिक भिडियो र फिल्ममा अभिनय मात्र गरेकी छैनन्, अब भिडियो निर्माणमा पनि हात हालेकी छिन् ।

पुष्पन प्रधानको शब्द तथा संगीतमा तयार भएको यो रोमान्टिक गीतमा पुष्पन र अनु अधिकारीको स्वर छ । भिडियोलाई निकेश खड्काले तयार पारेका हुन् । भिडियोमा मोडल गरिमा शर्मा र र प्रभात पाल ठकुरीको अभिनय छ ।
यी दुइको केमेष्ट्री भिडियोमा गज्जबको देखिएको छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।

भिडियोमा गरिमा आधुनिक युवतीको भूमिकामा छिन् । भिडियोमा प्राय सारी लगाएर भावुक पात्रको भूमिका निर्वाहा गर्ने गरिमाले यसपटक आफ्नो सपना पुरा गरेकी छिन् । उनले, आफूलाई हरेक खालको भूमिका निर्वाह गर्न सक्छु भनेर प्रमाणित समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *