प्रिमियरमा हट अन्जना

१८ असार २०८० १०:५७

चलचित्र ‘महापुरुष’मा काम गरेपछि कलाकार अन्जना बराइलीको चर्चा भयो । पहिलो चलचित्र नै सुपरहिट पाएपछि अन्जना पनि खुबै खुशी भइन् । तर, अन्जनाले यसपछि भने नयाँ चलचित्र साइन गरेको खबर छैन । चलचित्रमा काम नगरेपनि अन्जना काठमाडौंमा आयोजना हुने विभिन्न चलचित्रको प्रिमियरमा भने पुगेकी हुन्छिन् ।

आफूलाई निमन्त्रणा आएका चलचित्रको प्रिमियरमा निरन्तर पुग्ने अन्जनाको यो शैली पनि राम्रो छ ।

नेपाली चलचित्र क्षेत्रमा एकले अर्काको चलचित्रलाई साथ नदिइरहेको समयमा अन्जना भने सकेसम्म सबैजसो चलचित्रको प्रिमियरमा पुग्ने कलाकार हुन् ।

चलचित्र ‘परस्त्री’को प्रिमियरमा हट बनेर पुगेकी अन्जनाले लगाएको पहिरनको पनि खुबै चर्चा भयो । वुझिएअनुसार, उनी ‘महापुरुष’का निर्देशक प्रदीप भट्टराइले नै निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘महाजात्रा’मा काम गर्ने तयारीमा छिन् ।

तस्वीरः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *