‘हात्तीछाप’को वर्कशप सुरु, दया र उपासनाको जोडी देखिदै

१७ असार २०८० ११:१७

चलचित्र ‘हात्तीछाप’को वर्कशप आजबाट सुरु भएको छ । सामाजिक कथावस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गर्न लागिएको यो चलचित्रको वर्कशप ४ दिन चल्नेछ । यसपछि, यसको निर्माणपक्षले काठमाडौंबाट छायांकन सुरु गर्नेछ ।

असारको २१ गतेबाट छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् । यो चलचित्रमा नायक दयाहाङ राई र सौगात मल्लको साथमा नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहनेछ ।

चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ । चलचित्रमा दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ ।

किरणले नै निर्माण गरेको चलचित्र ‘२ नम्बरी’मा दया, सौगात र उपासनाले काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यसैले, ‘हात्तीछाप’ पनि दर्शकका लागि प्रतिक्षामा रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *