रामबाबुको ‘राजागन्ज’मा दयाहाङ र निकिता एकसाथ

१७ असार २०८० १०:४७

चलचित्र ‘साङ्लो’मा काम गरेपछि नयाँ चलचित्र नपाएकी पूर्व मिस नेपाल निकिता चण्डक अब नायक दयाहाङ राइसँग देखिने भएकी छिन् । दया र निकिताले नयाँ चलचित्र ‘राजागन्ज’मा एकसाथ पर्दा शेयर गर्ने भएका छन् ।

यो चलचित्रलाई दिपक रौनियारले निर्देशन गर्दैछन् । जसले यसअघि ‘हाइवे र ह्वाइट सन’ लगायतका चलचित्र निर्देशन गरेका थिए । यो चलचित्रमा रामबाबु गुरुङको लगानी रहनेछ । चलचित्रमा आशा मंगरातीको पनि मुख्य भूमिका हुनेछ । दीपकसँग सहकार्य गर्न लागेका रामबाबुले भने–‘यो चलचित्र नेपाली चलचित्र क्षेत्रका लागि कोशेढुंगा हुनेछ र यसले बाँसुरी फिल्मस्को गरिमा बढाउन मद्दत गर्नेछ ।’

दयाहाङ र आशासँग पर्दा शेयर गर्न पाउँदा आफू निकै नै खुशी भएको नायिका निकिता चण्डकले जानकारी दिइन् । यो चलचित्रको छायांकन साउनको १२ गतेबाट सुरु हुनेछ । चलचित्रमा ऋचा शर्मा, पशुपति राई, बिजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

आदि फिल्मस् र बासुरी फिल्मस्को संयुक्त लगानीमा यो चलचित्र बन्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *