‘अगस्त्य’मा सौगातको यस्तो लुक्स, १० केजी तौल बढाउन १ महिना ब्रेक

१७ असार २०८० ८:१८

नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘अगस्त्यः च्याप्टर वान’को पहिलो चरणको छायांकन सकिएको छ । यो चलचित्रको टिमले गोरखपुरको छायांकन सकाएको हो । पहिलो चरणको छायांकन सकेसँगै यो चलचित्रमा नायक सौगात मल्लको गेटअप पनि सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक तस्वीरमा सौगात मानसिक सन्तुलन गुमाएको व्यक्तिको भूमिकामा छन् ।

सार्वजनिक तस्वीरमा सौगात रेलको लिकमा हिडिरहेका छन् । भारतको गोरखपुरमा ३ साता लामो छायांकन सकेर यसको टिमले राजविराजमा चलचित्र खिचेको छ । यसपछि, भने निर्माण टिमले १ महिनाको ब्रेक लिएको छ ।

नायक सौगात मल्लले अब १० केजी तौल बढाउनुपर्ने भएका कारण १ महिना ब्रेक लिइएको र साउनको १५ गतेबाट छायांकन सुरु गर्ने निर्देशक सौरभ चौधरीले जानकारी दिए । यो चलचित्रमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, रविन्द्र झा, विजय बराल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले लगानी गरेका हुन् । २ भागमा बन्ने चलचित्रमा संजय लामाको छायांकन छ । एक्सन र लभ स्टोरी कथामा यो चलचित्र बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *