‘दान्भी’को छायांकन सुरु, कुन्साङ्गसँग रोमान्टिक पूजा

१७ असार २०८० ७:४३

नायिका पूजा शर्माले पछिल्लो चलचित्र रिलिज भएको करिब १ बर्षपछि नयाँ चलचित्रको छायांकन सुरु गरेकी छिन् । पूजाको नयाँ चलचित्र ‘दान्भी’को छायांकन सुरु भएको हो । सुरुवातमै निर्माणपक्षले एउटा गीतको छायांकन गरिरहेको छ । यो चलचित्रमा पूजाको जोडीको रुपमा नव–नायक कुन्साङ्ग बोमजोनले अभिनय गरिरहेका छन् । सामाजिक संजालमा पूजाले कुन्साङ्गसँगको तस्वीर शेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएकी छिन् ।

रुपेश तामाङ्गको निर्देशनमा तयार हुने चलचित्रको पहिलो गीतको कोरियोग्राफी कविराज गहतराजले गरिरहेका छन् । गीतपछि चलचित्रको क्लाइमेक्सको छायांकन गरिने निर्देशक तामाङले बताए ।

यो चलचित्रलाई एक्सन र लभ स्टोरी कथामा तयार पारिने निर्माणपक्षले बताएको छ । यसका लागि पूजाले एक्सन समेत सिकेकी थिइन् । अनुप गडाल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्माता पवन रानामगर हुन् । चलचित्रलाई नेपालपछि दार्जिलिङ्गमा छायांकन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *