‘परस्त्री’को सुखद समीक्षा, कमजोर व्यापार

१७ असार २०८० ७:३२

बिहिबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘परस्त्री’ले बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । नेपाल र भारतमा राम्रो समीक्षा पाएको फिल्मले दर्शकलाई भने लोभ्याउन सकेन । यो फिल्मले ३ दिनमा ५ लाख पनि ग्रस कलेक्शन गर्न सकेको छैन । बक्स अफिसमा यो निकै कमजोर व्यापार हो ।

सुरज पाण्डेको निर्देशनमा दीपेन्द्र के खनालको निर्माणमा तयार भएको यो फिल्मलाई समीक्षक र फिल्मीकर्मीले उत्कृष्ट भनेका थिए । फिल्मको कथावस्तु, प्रस्तुतिलाई सुरजले फरक रुपमा प्रस्तुत गरेका छन् । नेपालमा एउटै किसिमका बिषयमा फिल्म बनिरहेको समयमा निर्मात्री शर्मिला पाण्डेले फरक कथामा फिल्म निर्माण गरेकी थिइन् । दीपेन्द्र के खनालले पनि फिल्मलाई फरक कथामा तयार पारेका थिए ।

तर, बक्स अफिसमा भने दर्शकले फिल्मलाई हेर्न रुची देखाएका छैनन् । जसकाकारण, २ करोड माथिको बजेटमा निर्माण भएको फिल्मले निर्माताको हातमा निकै कम पैसा फिर्ता गर्ने देखिएको छ । फिल्ममा शिल्पा मास्के, कोशिष क्षेत्री, गौरब बिष्टको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *