बक्स अफिसमा चम्कियो कार्तिक र कियाराको ‘सत्य प्रेमकी कथा’

१७ असार २०८० ६:१०

नायक कार्तिक आर्यनको केही महिना अगाडि रिलिज भएको चलचित्र ‘शेहजादा’ले बक्स अफिसमा निकै कमजोर व्यापार गर्यो । योसँगै कार्तिकको बलिउडमा करिअर के हुने हो भन्ने प्रश्न समेत उठेको थियो ।

तर, बिहिबारदेखि रिलिज भएको उनी अभिनित चलचित्र ‘सत्य प्रेमकी कथा’ले भने बक्स अफिसमा धमाका मच्चाइरहेको छ । कार्तिक र नायिका कियारा आडवाणी अभिनित यो चलचित्रले बक्स अफिसमा ३ दिनमै २६ करोड नेट कलेक्शनको कमाई गरेको छ ।

चलचित्रले बिहिबार ९.२५ करोड, शुक्रबार ७ करोड र शनिबार १०.१० करोडको कमाई गरेको छ । योसँगै चलचित्रले विकेन्ड कलेक्शनमा करिब ४० करोडको व्यापार गर्ने देखिएको छ । फरक लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रसँगै कार्तिकको स्टारडम फेरि चम्किएको छ ।

चलचित्रलाई समीक्षकहरुले पनि उत्कृष्ट भनेका छन् । बलियो वर्ड अफ माउथको प्रभाव यो चलचित्रको व्यापारमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *