सुरु भयो वेब सिरिज ‘रणा भो’को छायांकन

१७ असार २०८० ६:००

वेब सिरिज ‘रणा भो’को निर्माण घोषणा गरिएको छ । आइतबार भद्रकाली मन्दीरमा पुजा गर्दै सिरिज निर्माणको सुरुवात गरिएको हो । मुभी पोइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो सिरिजलाई रामजी राउत र ज्ञान कुमार कट्टेलले मिलेर निर्देशन गर्दैछन् ।

सम्पूर्ण छायांकन काठमाडौंमा नै हुने सिरिजमा रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रितिका शर्मा, ज्ञान कुमार कट्टेल, विवेक सिलवाल, रामजी राउत लगायतका कलाकारको अभिनय रहनेछ । निर्देशकद्धयकै लेखन रहेको वेब सिरिजमा देव महर्जनको एक्सन, लक्ष्मण घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहनेछ ।

वेब सिरिजको शुभसाइत समारोहमा सम्पूर्ण कलाकार भद्रकाली मन्दिरमा उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर