पुष्प र कविता ‘मै नाचिदिन्छु’ भन्दै सोले स्टाइलमा रोमान्टिक

१७ असार २०८० ५:५८

 

गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ । यो गीतमा खरेलकै शब्द तथा संगीत छ । डान्सिङ शैलीमा तयार भएको भिडियोमा कामेश्वर चौरासिया, पुष्प खड्का र कविता नेपालीले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले हिन्दी फिल्म ‘सोले’को ‘जब त हे जान’को थिममा तयार पारेका छन् ।

जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन छ । भिडियोका निर्माता पनि शिशिर जय खरेल नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *