रानी र प्रतापको ‘मेरो संसार’मा रोमान्टिक देखिए नीलम र सुदित

१५ असार २०८० ११:०६

गायक प्रताप दासले गायिका रानी शाक्यसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो संसार’ बोलको गीतमा विना भट्टराइको शब्दमा तथा मिन गुरुङको संगीत छ ।

अमेरिकामा रहेर पनि गायिका शाक्य निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय छिन् । उनका गीतसंगीतले दर्शकको साथ पनि पाउँदै आएका छन् ।

गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन् । यी दुबै मोडल कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका हुन् । सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडियोमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायांकन छ ।

प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुइको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *