‘परस्त्री’बाट सुरजले निर्देशनमा देखाए उच्च संभावना
१४ असार २०८० १२:१३
आजबाट देशभरका हलमा रिलिज भएको नेपाली चलचित्र ‘परस्त्री’बाट निर्देशक सुरज पाण्डेले उच्च संभावना देखाएका छन् । चलचित्रको बुधबार आयोजित प्रिमियरमा सुरजले खुलेरै तारिफ पाएका थिए । चलचित्र हेर्न पुगेका अधिकांशले सुरजले पहिलो चलचित्रबाट नै छक्का मारेको बताए ।
सस्पेन्स थ्रीलर कथामा निर्माण भएको चलचित्रको निर्देशकिय पाटोमा सुरज अब्बल देखिएका छन् । उनले, चलचित्र भित्र साना–साना कुरामा समेत ध्यान दिएका छन् । चलचित्र भित्र देखाइएका अधिकांश दृश्यहरुका लागि सुरजले निकै मिहिनेत गरेको देखिन्छ । यसैले, आगामी दिनमा पनि उनले आफूलाई अब्बल निर्देशकको रुपमा पुष्टी गर्ने थुप्रै ठाउँ राखेका छन् ।
शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र के खनालले लेखेका हुन् । दीपेन्द्रको कथामा सुरजले गज्जबको न्याय गरेका छन् ।
नेपालमा सस्पेन्स थ्रीलर जनरामा चलचित्र बनाउने निर्देशक कम छन् । यसैले, यो विधामा सुरजले आफूलाई बलियो रुपमा स्थापित गर्न सक्छन् ।
शिल्पा मास्के, कोशिश क्षेत्री, गौरब बिष्ट लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रमा वर्ड अफ माउथका कारण विस्तारै दर्शक बढ्दै जाने अपेक्षा गरिएको छ ।