आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’को फस्टलुक रिलिज

१४ असार २०८० १२:०४

नायक आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भुमिका रहेको चलचित्र ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रलाई भदौको १ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । मिलन आलेको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।

विमल श्रेष्ठको प्रस्तुति तथा राज लामा निर्माता रहेको यो चलचित्रमा नायक आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका छ । चलचित्रमा रेखा शाह, सानिया खानको पनि अभिनय हेर्न सकिन्छ । चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन । यो चलचित्र आकाश श्रेष्ठका लागि भने महत्वपूर्ण छ ।

किनकी, गतबर्ष उनी अभिनित २ चलचित्र बक्स अफिसमा असफल भए । जसकाकारण, यो चलचित्र आफ्नै बलमा चलाउनु पर्ने दबाब आकाशमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *