‘दान्भी’मा पूजाको एक्सन अवतार, कुन्साङसँग पहिलो पटक जोडी वाध्दै

१ असार २०८० १३:३१

चलचित्र ‘दान्भी’ निर्माणको घोषणा गरिएको छ । नायिका पूजा शर्मालाई शिर्ष भूमिकामा राख्दै फिल्म निर्माणको घोषणा गरिएको हो । यो फिल्ममा पूजालाई दर्शकले एक्सन र लभ स्टोरी भूमिकामा देख्न पाउनेछन् । फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजमले काम गर्दैछन् । कुन्साङको यो डेब्यू चलचित्र हो ।

चलचित्र ‘दान्भी’लाई एक्सन र लभ स्टोरी कथामा निर्माण गर्ने निर्देशक रुपेश तामाङले जानकारी दिए । रुपेशले यस अगाडि निर्देशन गरेको चलचित्र ‘जय शम्भु’को एक्सन दृश्यले पनि प्रशंसा पाएको थियो ।

लभ स्टोरी चलचित्रमा दर्शकले बढी रुचाएकी नायिका शर्माले यो चलचित्रबाट नयाँ परिचय बनाउने तयारी गरेकी छिन् । चलचित्रको फस्टलुकले पनि यो कुराको छनक दिइसकेको छ ।

फस्टलुक पोष्टरमा पूजा र कुन्साङ एक्सन र लभ स्टोरी मुडमा देखिएका छन् । चलचित्रलाई लिएर आफू अत्यन्तै उत्साहित रहेको नायिका पूजा शर्माले बताइन् । उनले भनिन्–‘म पहिलेदेखि नै एक्सन चलचित्रका लागि उत्साहित थिएँ । दशौं प्रोजेक्टमा आएर मौका मिलेको छ । दर्शकले मलाई फरक शैलीमा देख्न पाउनुहुनेछ ।’

अनुप गडाल निर्माता रहेको चलचित्रमा पवन रानामगर कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा सह–निर्माताको रुपमा श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा छन् । चलचित्रको छायांकन चाडै नै सुरु गर्ने तयारी निर्माताको छ । चलचित्रलाई नेपाल र सिक्किममा खिचिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *