‘गणपति’को सेटमा आगालागी, वर्षाले गर्दै थिइन् नृत्य

३२ जेठ २०८० ११:५०

चलचित्र ‘गणपति’को छायांकन सेटमा आगालागी भएको छ । चलचित्रमा समावेश एक आइटम गीतको भिडियो छायांकनका क्रममा आगालागी भएको हो । चलचित्र विकास कम्पनी बालाजुमा सेट लगाएर भिडियोको छायांकन भैरहेको थियो । छायांकनका सय जना कोरस र नायिका वर्षा सिवाकोटी थिए ।

नायिका सिवाकोटीले चलचित्रमा समावेश एक गीतमा आइटम नृत्य गरेकी छिन् । सोही गीतको छायांकनका क्रममा सेटमा आगालागी भएको हो ।

नायिका सिवाकोटीले आगोका कारण सम्पूर्ण सेट जलेको बताइन् । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरिरहेका थिए । आगालागीबाट कुनै मानवीय क्षती भएको खबर छैन ।

भदौको १४ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रलाई केही दिन अगाडि मात्र निर्माता रामप्रसाद रिजालले आफ्नो कम्पनीको स्वामित्वमा किनेका थिए । चलचित्रमा सविन अधिकारीको लेखन तथा निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर