बल्छी ध्रुवे, राजु मास्टर, म्याकुरीसहित ८ कलाकार पक्राउ

३२ जेठ २०८० ७:४१

नेपाल प्रहरीले ८ जना कलाकारलाई पक्राउ गरेको छ । बुधबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वन एक्स बेट खेलाएको तथा युट्युबमार्फत प्रचार प्रसारमा सहयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ लगायतका छन् ।

उनीहरु सबैलाई थप अनुसन्धानका लागि प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ । पक्राउ पर्नेहरुमा राज पौडेल अर्थात राजु मास्टर, म्याकुरीको नामले चर्चित कलाकार पवन खतिवडा, अलिस राई, जलन भनिने जनल घर्तीमगर, गणेश जिडी भनेर चिनिने गणेश देवकोटा, डेढु बुढोको नामले परिचित सरोज घिमिरे र भटभटे माइलाको रुपमा चिनिने बेगम नेपाली छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको विवरणबारे भनेको छ–‘बेटिङ एप्लिकेशन वन एक्स बेटमार्फत विभिन्न खेलहरु खेलाउनका लागि आफ्नो युट्युब च्यानलमार्फत वनएक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरि प्रोमो कोडसमेत दिई विज्ञापन गरि सर्वसाधारणलाई सट्टाबाजी गर्न लगाउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न आठ जनालाई यस कार्यालयबाट खटिएको टोलीले जेठ ३१ ग्ते काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरि सट्टाबाटजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि जेठ ३१ ग्ते प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *