निर्माता शोभित बस्नेतको निर्माणमा तयार भएको चलचित्र ‘जय हो’को फस्टलुक आज रिलिज गरिएको छ । भदौ ८ गतेबाट रिलिज हुने चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रचार सुरु गरिएको हो ।
सार्वजनिक दुई वटा पोष्टरमा यो चलचित्रका मुख्य कलाकारहरु अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङको फरक रुप देख्न सकिन्छ ।
शोभित बस्नेतले बनाएका चलचित्रहरुमध्ये यो फस्टलुकलाई उत्कृष्ट मान्न सकिन्छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानीमा तयार भएको चलचित्रलाई टेक पौरखी राइले निर्देशन गरेका हुन् ।
यो चलचित्रमा सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिष शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भिएफएक्स छ ।