रणवीर कपुरले किने ‘आदिपुरुष’को १० हजार टिकट

२५ जेठ २०८० १५:५२

ओम राउतको निर्देशनमा तयार भएको बलिउड चलचित्र ‘आदिपुरुष’ चर्चामा छ । जुनको १६ तारिखबाट विश्व बजारमा रिलिज हुन लागेको यो चलचित्रले भगवान् रामको कथा प्रस्तुत गर्दछ ।

चलचित्रमा प्रभाष, कृति सेनन र सैफअली खान मुख्य भूमिकामा छन् । चलचित्रको २ वटा ट्रेलर यसको निर्माणपक्षले सार्वजनिक गरिसकेको छ । चलचित्रले बक्स अफिसमा धुम मच्चाउने अपेक्षा गरिएको छ ।

यसैबिच, यो चलचित्रको १० हजार टिकट नायक रणवीर कपुरले खरिद गरेका छन् । उनले, अनाथ बालबालिकाहरुलाई चलचित्र देखाउन १० हजार टिकट खरिद गरेका हुन् ।

यस्तै, चलचित्रको १० हजार टिकट चलचित्र ‘कार्तिकेय’का निर्माताले समेत खरिद गरेका छन् । उनले, आर्थिक अभावका कारण चलचित्र हेर्न नसक्ने स्कुलका विद्यार्थीहरुलाई चलचित्र देखाउने बताइएको छ ।

बलिउड पण्डितहरुले यो चलचित्रले पहिलो दिन भारतीय बजारबाट १ सय करोडको कलेक्शन गर्ने अनुमान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *