‘ग्रामीण चलचित्र महोत्सव’मा ‘झिंगे दाउदेखि प्रकाश’सम्म देखाइने

२५ जेठ २०८० १५:४१

भोली शुक्रबारदेखि काभ्रेको भकुण्डेबेसीमा आयोजना हुन लागेको ‘दोश्रो नेपाली ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा चलचित्रहरु छनोट गरिएको छ । ३ दर्जन बढी चलचित्रमध्येबाट १७ वटा चलचित्रलाई छनोट गरिएको आयोजक सेलिब्रिटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार, ग्रामीण परिवेशको कथालाई उठान गरेका चलचित्रहरुलाई महोत्सवमा देखाइनेछ ।

यो महोत्सवको जुरी टिममा निर्देशक रक्षा सिंह राणा, कलाकार सुवास गजुरेल, सम्पादक भरत रेग्मी छन् । शुक्रबार र शनिबार आयोजना हुने महोत्सवमा ‘झिंगेदाउ, प्रकाश, डेसान, ल्हुई, निरमाया, चरित्र, आफ्नै कर्म, मेरी हजुरआमा, साइत, सेती दिदी, कहानी एकादेशको, परिवर्तन, दुर्गामाण्डु, ऐना, हुक्का’ प्रदर्शन गरिनेछ ।

यस्तै, साउन महिनामा प्रदर्शन हुन लागेको लिम्बु संकृतिमा निर्माण भएको चलचित्र ‘लुङा’लाई महोत्सवमा प्रिमियर गरिनेछ । यो महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, कलाकार दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालले ‘मास्टर क्लास’ समेत दिदैछन् ।

यस्तै, कलाकारद्धय मुकुन भुषाल र वुद्दि तामाङले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ बिषयमा विद्यार्थीहरुसँग भलाकुसारी समेत गर्नेछन् । कार्यक्रममा सोही क्षेत्रमा जन्मिएर चलचित्र क्षेत्रमा सक्रिय रहेका ३ जना कलाकारहरुलाई सम्मान गर्ने तयारी समेत गरिएको छ । उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गर्दै शनिबार बेलुकी कार्यक्रम समापन हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *