थाइल्याण्डमा पल शाह, सारीमा खुलेकी पूजा(भिडियो रिपोर्ट)

२५ जेठ २०८० १५:३२

नायक पल शाह सांगीतिक कार्यक्रममा सहभागी हुन थाइल्याण्ड पुगेका छन् । उनी, बुधबार थाइल्याण्ड उडेका हुन् । एक साता लामो कार्यक्रममा पल थाइल्याण्डसहित मलेसिया पनि पुग्नेछन् ।

एक बर्ष लामो जेल जीवन बिताएर निस्किएपछि पल शाहले नेपालमा पनि महोत्सवमा आफूलाई व्यस्त बनाएका थिए । साथै, उनी म्युजिक भिडियोमा पनि खुबै व्यस्त छन् । उनै, पलले एक साता आफ्नो कामलाई थाती राखेर विदेश यात्रा गरेका हुन् ।

यता नायिका पूजा शर्माले सारीमा खिचाएको तस्वीर सामाजिक संजालमा राखेसँगै यसले चर्चा पाइरहेको छ । नेपाली चलचित्र बजारमा पूजाको चर्चा हरेक समय हुने गर्दछ । उनी, चलचित्र रिलिज नभएको समयमा पनि मिडियामा छाइरहेकी हुन्छिन् ।

पूजाले यसपटक भने एक म्यागेजिनका लागि खिचाएको तस्वीरले खुबै चर्चा पाएको छ । पूजाको सारीमा विभिन्न पोजहरु छन्, जसले उनलाई आकर्षक देखाएको छ । बाँकी कुरा हिट नेपालका भिडियो रिपोर्टमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *