नीता भन्छिन्–‘ह्रस्व दीर्घ’पछि आफै फिल्मको निर्देशन गर्छु’(भिडियोसहित)

२५ जेठ २०८० १०:३७

नायिका नीता ढुंगानाले चलचित्रको निर्देशन गर्ने घोषणा गरेकी छिन् । गायिका, निर्मात्री हुँदै म्युजिक भिडियोको निर्देशक समेत बनेकी नायिकाले अब चलचित्रको पनि निर्देशन गर्ने बताएकी हुन् ।

हाम्रो सिनेमासँग कुराकानी गर्दै नीताले भनिन्–‘मैले ह्रस्व दीर्घ’ नै निर्देशन गर्ने तयारी गरेको थिएँ । तर, यो चलचित्र निर्माण गर्दै जाँदा निकै ठूलो बन्यो । यसपछि, मैले नसक्ने बताउँदै चन्द्र पन्तलाई निर्देशनको जिम्मा दिएको हुँ । तर, अब ह्रस्व दीर्घपछि भने म होम प्रोडक्शनको चलचित्रबाट निर्देशनमा डेब्यू गर्छु ।’

नीताले पहिलो चलचित्रमा अरु कुनै पनि निर्माताको पैसा लगानी नगर्ने पनि बताएकी छिन् । पहिलो चलचित्र आफैले लगानी गरेर निर्देशक बन्ने उनको भनाई छ ।

नीताले आफूलाई रोमान्टिक चलचित्र निर्देशनमा खासै रुची नभएको समेत बताइन् । उनले भनिन्–‘मलाई रोमान्टिक वा एक्सन चलचित्र निर्देशनमा खासै रुची छैन । मलाई आर्ट मुभी मनपर्छ ।’

नीताको निर्माणमा चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो चरणको छायांकन रामोजी स्टूडियोमा सकिएको छ । उनका अनुसार, चलचित्रलाई नेपालसँगै दक्षिण भारतका विभिन्न ५ वटा भाषामा तयार पारिनेछ । यसैले, यो चलचित्रको बजेट पनि रिलिजसम्म पुग्दा ९ करोड पुग्ने नीताको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *