‘परस्त्री’को ट्रेलरः कोशिशको साथ नपाउँदा गौरवसँग बोल्ड बनेकी शिल्पा

२५ जेठ २०८० १०:२४

नेपाली र हिन्दी भाषामा तयार भएको चलचित्र ‘परस्त्री’को ट्रेलर आज नयाँ बाँनेश्वरको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

सुरज पाण्डेको निर्देशनमा शर्मिला पाण्डेको निर्माण रहेको यो चलचित्रलाई दीपेन्द्र के खनालले लेखेका हुन् । चलचित्रमा नायिका शिल्पा मास्के मुख्य भूमिकामा छिन् । नायक कोशिश क्षेत्री र गौरब बिष्ट उनकै वरिपरी चलचित्र भित्र घुमेको देख्न सकिन्छ । ट्रेलरमा शिल्पाको श्रीमान् बनेका कोशिशले समय नदिदा गौरवसँग शिल्पाको अफेयर चलेको देख्न सकिन्छ । ट्रेलरमै गौरव र शिल्पाका थुप्रै अन्तरंग दृश्यहरुलाई समेत प्रस्तुत गरिएको छ ।

चलचित्रमा गीत बिष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी लगायतका कलाकारको पनि अभिनय छ । दिर्घ खड्काको सम्पादन रहेको यो चलचित्रमा निरज कँडेलको छायांकन छ । चलचित्रको नेपाल र भारत रिलिज एकसाथ हुनेछ ।

चलचित्रका लेखक दीपेन्द्र के खनालले नेपाली समाज भित्र देखिएका थुप्रै घटनाहरुलाई बुनेर कथा तयार पारेको बताए । निर्मात्री शर्मिला पाण्डेले छोरालाई भन्दा पनि चलचित्रको कथामा लगानी गरेको सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *