तस्वीरमा हेर्नुहोस् नेपालमा बलिउड कलाकार

२२ जेठ २०८० १४:०७

आइतबार बेलुकी काठमाडौंको र्याडिसन होटलमा केही बलिउड कलाकार र नेपाली कलाकारहरुले रेड कार्पेटमा आफ्नो उपस्थित जनाए ।

बलिउड नायिका भाग्यश्रीदेखि कलाकार रञ्जित रे, दारा विन्दु सिंह र्याडिसनमा आयोजित एक भारतीय अवार्डमा सहभागी हुन आएका थिए । यस्तै, समारोहमा नेपाली चलचित्रका चर्चित कलाकारहरु हरिवंश आचार्य, आकाश अधिकारी, प्रियंका कार्की, धिरज मगर, अरुण क्षेत्री, श्रद्धा क्षेत्री पनि पुगेका थिए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा व्यापारी विनोद चौधरी पुगेका थिए ।

‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा नेपाली र बलिउड चलचित्रका कलाकारहरुको उपस्थिती एकसाथ भएको हो । कार्यक्रममा नेपाली चलचित्रका कलाकारदेखि पत्रकारहरुलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *