‘बुलाकी’ निर्देशकको ‘फनफनी’ घोषणा, आर्यन मुख्य भूमिकामा

२२ जेठ २०८० १३:५३

चलचित्र ‘बुलाकी’ निर्देशन गरेर चर्चामा आएका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा नयाँ चलचित्र ‘फनफनी’को घोषणा गरिएको छ । यो चलचित्रमा मुख्य नायकको रुपमा आर्यन अधिकारीले काम गर्ने पक्का भएको छ ।

यो चलचित्रको छायांकन तिहारपछि मात्र सुरु हुनेछ । यो चलचित्रलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीको लगानी रहनेछ । यो चलचित्रको छायांकन नेपाल, भारत र अष्ट्रेलियामा गरिने निर्माणपक्षले बताएको छ । चलचित्रका बाँकी कलाकार तथा प्राविधिक पनि छनोट गरेर घोषणा गर्ने निर्देशक सुनारको भनाई छ ।

चलचित्र ‘बुलाकी’बाट लक्ष्मणले निकै राम्रो तारिफ कमाएका थिए । तर, नयाँ बर्षको दिन यो चलचित्रले गतिलो हल पाएन । जसकाकारण, निर्माताले चलचित्र रिलिज भएको ४ दिनपछि हलबाट चलचित्रलाई उतारेका थिए । चलचित्र ‘बुलाकी’बाट निर्देशनमा राम्रो संभावना देखाएको लक्ष्मणको ‘फनफनी’बाट पनि दर्शकले केही नयाँ बिषयको अपेक्षा गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *